
काठमाडौं । सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो ।