
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।