सुरक्षाको साथ खोज्दै दिपेन्द्र, सुदर्शन पूजाकै पछि

title
आइतवार, पुस २२, २०७५

काठमाडौं । चलचित्र चलाउन अनेक तरिका अपनाइन्छन् । कतिपय तरिका फलदायी हुन्छन् त केही तुहिन्छन् । प्रायः चलचित्रमा कलाकारहरुको निरन्तरताले पनि चलचित्रमा अनेकथरी बहस उब्जिन्छन् । पछिल्लो समय सुरक्षा पन्त र दिपेन्द्र के खनाल तथा सुदर्शन थापा र पूजा शर्माका विषयमा चलचित्र बजारमा अनेक चर्चा हुन थालेको छ ।

केही दिन अघि चलचित्र निर्माणको घोषणा भएको चलचित्र ‘घर’ युनिटले चलचित्रका लागि कलाकारहरुलाई अनुबन्धित गर्न थालेको छ । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन् । निर्माण पक्षले सुरक्षालाई टोलीमा समावेश गरेसँगै निर्देशक तथा निर्माता दिपेन्द्र के खनालका लागि सुरक्षा विशेष भएको चर्चा चलचित्रवृत्तमा शुरु भएको छ ।

किनकी दिपेन्द्रका चलचित्रमा सुरक्षा नछुट्नुले पनि यो कुराको संकेत गरेको हो । डीएस डिजिटलको ब्यारनमा निर्माण हुन लागेको हरर कथाको यो चलचित्रमा सुरक्षा फाइनल भएको दिपेन्द्रले जानकारी दिएका हुन् । यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गर्दैछन् । चलचित्रमा अर्पण नै मुख्य भूमिकामा छन् । चलचित्रको घोषणा सभामा नायिका फाइनल नभएको जानकारी दिइएको थियो । दिपेन्द्रले यो चलचित्रलाई निर्माण गर्दैछन् ।

शर्मिला पाण्डेको लगानी रहने चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । सुरक्षाले यसअघि दिपेन्द्रले निर्देशन गरेको ‘धनपति र चंगाचेट’मा काम गरिसकेकी छिन् । यसैले, दिपेन्द्रको चलचित्रमा उनको ह्याट्रिक भएको छ । अभिनेता तथा निर्देशक अर्पणले चौथो पटक निर्देशन गर्न लागेको फिल्म ‘घर’ हो ।

बिहीवार अभिनेत्रीसँग निर्माता र निर्देशकको कागजी सम्झौता भएको हो । फिल्मका लागि अझै एक नायिकाको खोजी भइरहेको जनाइएको छ । ‘आधा लभ’ र ‘मुखौटा’ निर्देशन गरिसकेका अर्पणले ‘सुनकेसरी’ पनि हरर जानराकै निर्माण गरेका थिए । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ ।
बक्सअफिसमा हिट साबित भएको फिल्म ‘पशुपतिप्रसाद’ निर्देशन गरेपछि उनी निर्देशकमा एकाएक चम्के ।

मौलिक फिल्म निर्माण गर्ने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका उनीसँग फिल्म गर्न चाहने कलाकारहरुको ठूलै भीड छ यहाँ । उनका फिल्म भनेपछि दर्शकमा पनि निकै चासो हुने गर्दछ । उनको फिल्ममा काम गरेपछि करियर निर्माणमा एउटा दरिलो इट्टा थपिने विश्वास नयाँ तथा पुराना कलाकारमा व्याप्त छ । ‘चपली हाइट’ को दुई सिरिज, ‘धनपति’, ‘भिजिलान्ते’, ‘द युगदेखि युगसम्म’ फिल्म निर्देशन गरिसकेका उनको फ्रेस रिलिज फिल्म ‘चंगा चेट’ हो । ‘लजिक’ खोज्ने दर्शकलाई उनको फिल्म निकै मनपर्छ ।

यसैबीच, उत्कृष्ट लभस्टोरी फिल्म बनाउने माहिर निर्देशक हुन्– सुदर्शन थापा । ‘प्रेमगीत’, ‘मेरो एउटा साथी छ’ जस्ता स्तरीय चलचित्र दर्शकमाझ पस्किएका उनी पछिल्लो समय आफ्नै होम प्रोडक्सनको फिल्म मात्र गर्दै आइरहेका छन् ।
‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’का उनी निर्देशक र निर्माता पनि हुन् ।

‘प्रेमगीत’ पछि उनले बाहिरी ब्यानरको फिल्म गरेका छैनन् । हरेक फिल्ममा उनी अभिनेता नयाँ राख्छन् तर अभिनेत्रीमा पूजा शर्मा छुट्दिनन् । बजारको हल्लालाई आधार मान्ने हो भने प्रेम सम्बन्धका कारण सुदर्शनले पूजालाई आफ्ना हरेक फिल्ममा दोहो¥याएका हुन् । तर, यो मान्ने दुवै तयार छैनन् ।

उनीहरु सँधै निर्देशक र अभिनेत्रीभन्दा अरु सम्बन्ध स्थापित नभएको बताउँछन् । यसमा कति सत्यता छ त्यो त उनीहरु नै जान्दछन् । यस वर्ष यो जोडीले फिल्म ‘रामकहानी’ मा सँगै काम गरेका थिए । फिल्ममा दुवैको लगानी थियो । बक्सअफिसमा औसत व्यापार गरेपनि विदेश प्रदर्शनबाट निर्माता ‘सेफ’ भएका थिए ।

फिल्ममा आकाश श्रेष्ठ र पूजाको जोडी बाँधिएको थियो । सुदर्शनको नयाँ प्रोजेक्ट ‘सम्हालिन्छ कहिले मन’मा पुनः यही जोडी दोहोरिदैछ । माघबाट फिल्मको छायांकन थालिने निर्माण पक्षको तयारी छ ।