सुशीलको ‘रणवीर’ अवतार यस्तो

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणबीर’ले फस्टलुक सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण पक्षले प्रचारको थालनी गर्न फस्टलुक ल्याएको हो ।

फस्टलुकमा अभिनेता सुशील सिटौला मात्र अटाएका छन् । अभिनेता सुशील चलचित्र अभिनयका लागि आफ्नो तौल १५ किलो बढाएर ८५ केजी बनाएका थिए । करिब नौ महिना नियमित जिम गरेर उनले तौल बढाएका थिए । दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको निर्माण रहेको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

चलचिमा सुशिलको अलवा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ । चलचित्रको बाँकी दुई गीत १५ मँसिरबाट छायाँकन थालिने निर्माण समूहले जानकारी दिएको छ ।