सेनाले उठाउन सकेन २९ करोड

title
बुधबार, भदौ ६, २०७५

काठमाडौं – नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । आजको कारोबारमा समाचार  छ ।

कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो ।

सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ ।