सेन्चुरी सुपर सिक्सेससँग एक्सन स्पोर्टसको सहकार्य

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं । सेन्चुरी बैंकको प्रायोजन तथा एएस इभेन्ट्सको आयोजनामा यहि नोभेम्बर २६ बाट सुरु हुने सेन्चुरी सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस गर्ने भएको छ ।

एएस इभेन्ट्सका सिइओ रमन सिवाकोटी र एक्सन स्पोर्टस विच आज औपचारिक सम्झौता भएको छ । प्रतियोगिताका सबै खेलहरु एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगिता डिसेम्बर एक तारिखसम्म चल्नेछ । पाँचौ संस्करणका रुपमा रहेको प्रतियोगितामा यसपटक २४ टिमको सहभागिता रहनेछ । जसमा हरेक टिमलाई विभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ ।

प्रतियोगिताको साविक विजेताले यसपटक निशुल्क रुपमा सहभागिता गराउन पाउनेछ । २४ टिमलाई आठ समुहमा विभाजन गरिएको छ । हरेक समुहमा तीन टिम हुनेछन । हरेक समुहमा रहेका हरेक टिमले राउण्डरोविनका आधारमा खेल्नेछन र एक समुहबाट दुई टिम प्रिक्वाटरफाइनलका लागि छनोट हुनेछन । जसबाट आठ टिम क्वाटरफाइनलमा स्थान बनाउनेछन । त्यसपछि चार टिमले सेमिफाइनल खेल्नेछन् ।