स्कुल लाइसेन्स लिन १ लाख घूस

title
शुक्रबार, अशोज ५, २०७५

वीरगञ्ज – विद्यालयलाई प्रदान गरिने लाइसेन्स् (इजाजतपत्र) का लागि १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुखसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले बिहीबार अपराह्न महानगरपालिका ६, लाठगल्लीमा बिस्मिलाह होटलमा घुस लिने क्रममा अरुण साह कानुनलाई पक्राउ गरेको छ ।

उनी महानगरपालिकाको शिक्षा शाखामा कार्यरत नायब सुब्बा शशिभूषण साह कानुका भान्जा हुन् । बिद्यालय सञ्चालक एकबाल हैदरसँग १ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका कानुको बयानका आधारमा अख्तियारले महानगरपालिका शिक्षा शाखा प्रमुख मञ्जुर आलम र शशिभूषणलाई पनि पक्राउ गरेको हो ।

सञ्चालकका अनुसार गत आवमा वडाध्यक्षले शिशु कक्षा सञ्चालनको अनुमति दिएका थिए । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।