स्कूल बसको ठक्करबाट बालकको मृत्यु

title
मङ्लबार, साउन २२, २०७५

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर–११, गाग्रीताल जाने बाटोमा सोमबार सुप्रिम ईङग्लिस बोर्डिङ्ग स्कुलको भे १ क ४७३ नम्बरको बसले सोमबार सोही ठाउँ निवासी ११ वर्षिय प्रदिप अधिकारीलाई ठक्कर दिँदा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
टाउँकोमा गम्भिर चोट लागेर घाइते अधिकारीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ ल्याईएपनि बढी चोटका कारण उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बससँगै चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।