पहिरोमा ज्यान गुमाएका जाजरकोटका पिडीत परिवारलाई एक लाख

title
बिहिबार, साउन २४, २०७५

बद्री पन्थ/जाजरकोट । आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएका मृतक परिवारलाई स्थानीय प्रशासनले एक लाखका दरले राहत सहयोग उपलव्ध गराएको छ ।

पहिरोमा परि मृत्यु भएका प्रति व्यक्ती १ लाखका दरले राहत रकम हस्तान्तरण गरिएको हो । पहिरोले घर पुरेर विस्थापित भएका तिर्थ वोहरा र गोपाल सुनारलाइ १० / १० हजार नगद उपलब्ध गराएको स्थानीय प्रशासनले जनाएको छ ।

पहिरोका कारण पूरै गाउँ शोका डुबेको छ भने ५ कक्षासम्म पढाइ हुने जाजरकोट सदरमुकाम खलंगा स्थित श्री हनुमान प्राथमिक विद्यालय पनि सुनसानझैं बनेको छ । विद्यालयमा अध्ययन गर्ने ५ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएपछि ७० विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउनै छाडेका छन् ।

हनुमान प्राथमिक विद्यालयमा अध्ययनरत गोविन्द परियार र भगवती लुहार, दशरथ परियार, रञ्जना लुहार र मनीषा लुहारको पहिरोमा परी मृत्यु भएको थियो ।