स्मार्ट लाइसेन्स नै नक्कली

title
शनिबार, साउन ५, २०७५

ललितपुर – ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ ।

ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।

दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् ।