स्मार्ट लाइसेन्स २ महिनाभित्रै

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । यातायात व्यवस्था विभागले दुई महिनाभित्रै स्मार्ट लाइसेन्स बाँड्ने तयारी थालेको छ । त्यसका लागि ४५ दिनमा ५ देखि ६ लाख स्मार्ट कार्ड छाप्ने गरी निजी कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

कम्पनीले विभागको मीनभवनस्थित कार्यालयमै लाइसेन्स छाप्ने र एउटा कार्ड छापेबापत १५ रुपैयाँ पाउने सम्झौता छ । कार्ड छाप्न आवश्यक विशेष कागज र भौतिक सामग्री विभागले नै उपलब्ध गराउनेछ ।

विभागका अनुसार एक वर्षयता ट्रायल पास गरेका ५ लाखभन्दा बढी सेवाग्राही स्मार्ट लाइसेन्स पर्खिरहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।