स्याङजामा लागुऔषध प्रयोगकर्ता दुई जना पक्राउ

title
शुक्रबार, साउन ११, २०७५

श्रीकृष्ण सिग्देल/स्याङजा । लागु औषध सेवन सहित ओसारपसार गरेको अभियोगमा वडा प्रहरी कार्यालय वालिङले दुई जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

प्रहरीको नियमित गस्तिको टोलीले चेकजाँच गर्ने क्रममा वालिङ ६ कालीमाटी बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला मादी गाउँपालिका ३ बस्ने बर्ष २८ को श्रीलाल विक र पोखरा महानगरपालिका ६ बस्ने बर्ष २३ को अर्जुन विक रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट २५ थान नोफिन, २५ थान डाईजेपाम र फेर्नागन २५ थान गरी ७५ थान एम्पुल लागुऔषध फेला पारेको छ ।