स्रोत, साधन र जनशक्तिको अभावले नयाँ युनिट स्थापना गर्न सकिएन : प्रहरी महानिरीक्षक

title
सोमवार, बैशाख २, २०७६

काठमाडौ । सशष्त्र प्रहरी बल, नेपालले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ ।

सशष्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराउनु भएको हो ।

काठमाडौंको हलचोकस्थित सशष्त्र प्रहरी बलको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशष्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ ।

सशष्त्र प्रहरी बल, नेपालले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएको छ । सशष्त्र प्रहरी बलको सूचनामा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स पनि आजबाटै संचालनमा ल्याइएको छ ।

सशष्त्र प्रहरी महानिरीक्षक खनालले सशष्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको पनि बताउनु भयो ।

उहाँले सशष्त्र प्रहरी बललाई थप मजदुत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।