स्वयम्भू पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्य सुरु

title
सोमवार, पुस ३०, २०७५

काठमाडौ । विनाशकारी भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमवार एक कार्यक्रमकाबीच विश्व सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गर्नु भएको हो । पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको १८ वटा पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्यको शिलान्यास गर्दै गृहमन्त्री थापाले सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्व सम्पदाको रुपमा रहेको स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।