
काठमाडौँ । नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक भएपनि बिनियोजित बजेटले त्यो हक पाउन नसक्ने टिप्पणी गरेका हुन् ।
सरकारले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड १८ लाख बजेट छुट्ट्याएको छ । जुन रकम संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट हो । भट्टराईका अनुसार यो रकम चालू वर्षको भन्दा १९ अर्बले कम हो ।