स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

title
आइतवार, असार ३१, २०७५

काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले बिभिन्न ३६ जिल्लामा लागु भएको छ ।

अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने घोषणा सहित सरकारले थप ६ जिल्लामा यो अभियान बिस्तार गर्ने रणनीति बनाएको छ । आर्थिक वर्ष २०७४र७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्य सम्बन्धि सुचांकमा आमुल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने दावी गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत अहिले विभिन्न ३६ जिल्लाका ९ लाख ३२ हजार नागरिक समेटीएका छन् । जसमा अति विपन्न वर्गमा पर्ने नागरिकको संख्या १ लाख ३२ हजार छ । स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा बढी पाल्पा र कास्कीमा प्रभावकारी देखिएको छ । स्वास्थ्य बीमा अभियानमा सदस्य बनेका मध्ये सबैभन्दा बढी कैलालीका नागरिकले बीमा बापत उपचार लिएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलाली बाटै यो कार्यक्रम सुरु गरेको थियो ।५ जनासम्म सदस्य रहेको परिवारले वर्षको २ हजार ५ सय रुपैँया प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने यस बापत वर्ष भरिमा ५० हजार वरावरको स्वास्थ्य सेवा लिन पाईने छ ।

५ जना भन्दा बढि सदस्य भएको परिवारले १ व्यक्ति वरावर थप ४ सय ५० बढी तिरेर विमा सदश्य बन्ने र ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था छ ।