स्वास्थ्य बीमा प्रभाबकारी बनाउन बजेटको व्यवस्था गरेको उपप्रधान एबं स्वास्थ्यमन्त्री यादवको भनाई

title
आइतवार, असार २४, २०७५

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपर्युक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजकोे बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री यादवले स्वास्थ्य विमा कार्यक्रम ७७ वटै जिल्लमा लागु हुने स्पष्ट पार्नुभयो ।

हाल यो कार्यक्रम २३ जिल्लामा सञ्चालित छ । जनशक्तिको व्यवस्थापनमा जोड दि“दै स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रुपमा कार्यक्रम शुरु गर्न लागेको बताउनुभयो ।

वर्षाकालमा हुने महामारी तथा रोगका जोखिम न्यूनीकरणका लागि सरकारले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्री यादवले जानकारी दिनुभयो । साथै केही स्वास्थ्य संस्थाको पुनःनिर्माण भइसकेको र केही निर्माणका क्रममा रहेको उहा“को भनाई छ ।