स्विमिङ कस्ट्युममा जब आयुष्मानले उचाले प्रियंकालाई

title
आइतवार, मंसिर ९, २०७५

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरु मध्येको एक जोडी हो–नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छन् ।

सुरुवातमा यो जोडी दिदीभाइको नाताले चर्चामा थिए । तर त्यो दिदीभाइको नाता लामो समयसम्म टिक्न सकेन । त्यसको केही समयमा उनीहरु प्रेमीप्रेमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान आफूप्रति खिच्नसमेत सफल भए । उनीहरुले टीकाटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ ।

यसैबीच बेला यो जोडीको नयाँ तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ पनि उनीहरुले दर्शक तान्ने नयाँ फण्डा अपनाएका छन् । हालै सार्वजनिक उनीहरुको स्विमिङका समयमा खिचेको तस्बिरले सवैको ध्यान खिच्न सफल भएको हो । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ ।

तस्विर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् । आफूलाई चर्चामा ल्याउनकै लागि उनीहरुले यस्ता उपायहरु अपनाएका हुन भन्ने पनि फिल्मनगरीमा भेटिन्छन् ।