हङकङलाई हराउन सके पनि नेपालको तनाबिलो स्थिति

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत मंगलबार नेपालले हङकङको सामना गर्दै छ । लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले त्यसपछिका दुई खेलमा जित हात पार्दै एसिया कप छनोटमा झिनो सम्भावना जिवितै राखेको हो ।

एसिया कपमा छनोटका लागि नेपाललाई हङकङविरुद्धको खेल गर या मरको स्थितिमा छ । उसले हङकङलाई पराजित गरेर मात्रै छनोट हुने सम्भावना झिनो छ । ठूलो अन्तरले हराउनुका साथै अरुको खेलमा समेत निर्भर हरनुपर्ने अवस्थामा नेपाल रहेको छ ।

लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले त्यसपछिका दुई खेलमा मलेसियालाई १९ पराजित गर्नुका साथै अर्को खेलमा सिंगापुरविरुद्ध चार विकेटको जित हात पारेको थियो । छनोटमा नेपालसँगै युएईं, हङकङ, ओमान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन् । छनोटको शीर्ष दुई टिमले फाइनल खेल्नेछ । फाइनलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

समूह चरणको अन्तिम खेलअघि ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । २ अंक जोडेको मलेसिया र अंकविहीन सिंगापुर दुबैको फाइनल खेल्ने सम्भावना सकिएको छ । सुरुवाति दुई खेलमा ओमान र यूएईसँग व्यहोरेको हारले नेपाललाई निकै अप्ठेरो स्थितिमा पु¥याएको छ ।

त्यसपछि लगातार दुई खेल जिते पनि रनरेट सुधार भएको छैन । यद्यपि नेपालको गणितीय सम्भावना भने टरिसकेको छैन । अब मंगलबार यूएई र ओमान अपसमा भिड्नेछन् भने नेपालले हङकङको सामना गर्नेछ । यदि ओमानलाई यूएईले जित्यो भने नेपालको सम्भावना सकिनेछ । किनकी ओमानको अहिले नै ७ अंक छ भने जितले यूएईको ८ अंक हुनेछ । त्यसपछि यूएई र ओमान फाइनलमा पुग्नेछन् ।

नेपालले हङकङलाई हराउँदा पनि ६ अंक मात्र हुन्छ र फाइनल खेल्न पाउँदैन । तर, ओमानले जित्यो भने नेपालको सम्भावना रहन्छ । अझ ओमानले यूएईलाई जति ठूलो अन्तरले हरायो, नेपाललाई त्यति नै फाइदा हुने देखिन्छ ।