हनुमन्तेको बाढीले भक्तपुर फेरि डुबानमा

title
आइतवार, साउन २०, २०७५

भक्तपुर । लगातारको वर्षापछि भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीका कारण मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ।

गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो। हनुमन्तेको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायतका क्षेत्र डुबानमा परेको छ।

अविरल वर्षाले हनुमन्तेमा पानीको बहाव बढ्न थालेपछि रातिदेखि सुरक्षाकर्मी उच्च सतर्कतासाथ बसेको र डुबानग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

बिहानीपख वर्षा रोकिएपनि खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ रहन निर्देशन दिइएको छ ।