हनुमानढोका दरवारभित्रको दशै घरमा फूलपाती भित्र्याइयो

title
मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं । काठमाडौंको ऐतिहासिक हनुमानढोका दरवारभित्रको दशै घरमा फूलपाती भित्राइएको छ । गोरखा दरवारबाट धादिङ हुँदै ल्याइएको फूलपाती जमलको जम्लेश्वर महादेवमा पूजा गरी हनुमानढोका दरबारमा भित्र्याइएको हो ।

गोरखाबाट जमल ल्याइएको फूलपाती लिन हनुमानढोकाबाट गुरुजु पल्टन र बाजागाजासहितको सांस्कृतिक टोली गएको थियो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ ।

गोरखाबाट बा २० च ४३९४ नं को निजी गाडीमा ल्याइएको उक्त फुलपाती जमल पुगेपछि जमलदेखि हनुमानढोकासम्म सेनाको ब्यान्डबाजा, पञ्चैबाजासहित शोभायात्रा गरि हनुमानढोकाको दशैघरमा भित्राईएको हो ।

त्यसपछि तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरुले मौलो पूजाका लागि फूलपाती आ–आफ्नो मुख्यालयमा लगेका थिए ।