हवाई आक्रमणमा ३१ भन्दा बढीको ज्यान गयो

title
शुक्रबार, भदौ १, २०७५

एजेन्सी । अफगानिस्तानमा सुरक्षा फौजले गरेको हवाई आक्रमणमा ३१ भन्दा बढीको ज्यान गएको छ ।

अफगान सुरक्षा फौजले मुलुकको दक्षिणी प्रान्त जाबुलमा सुरक्षा कारवाही गरेको हो । इस्लामिक लडाकु समूह तालिवान लडाकुको गढ रहेको स्थानमा गोप्य सूचनाका आधारमा आक्रमण गरिएको स्थानीय अधिकारीले जनाएका छन् ।

मारिनेमा पनि तालिवान लडाकूहरु नै रहेको प्रान्तीय प्रहरीको दाबी छ । आक्रमणमा परी अरु केही घाइते पनि भएको समाचारमा जनाइएको छ । यसबारे तालिबानले भने कुनै प्रतिक्रिया जनाएको छैन ।