हाउजिङमा बद्नामी कमाएको सिभिलको नयाँ कर्तुत, सार्वजनिक जग्गा कब्जामा (भिडियोसहित)

title
मङ्लबार, अशोज १६, २०७५

बाटो हिड्न पनि चाहिन्छ सिभिलको अनुमति

काठमाडौं । सिभिल होम्सका घर विक्री गर्दा ग्राहक ठगीको आरोप लाग्दै आएको सिभिल ग्रुपको नयाँ कर्तुत उजागर भएको छ ।

सिभिल ग्रुपद्वारा गोदावरी नगरपालिका वडा नं. १४ ठैवमा सञ्चालीत सिभिल आरएमसी क्रंक्रिट उद्योगको मनोमानीका कारण स्थानियबासी उठीबास लाग्ने अवस्थामा पुगेका छन् । सिभिल आरएमसी उद्योग सञ्चालन भएपछि बस्तीबिचबाट मालबाहक सवारी कुद्दा निस्कने हो–हल्लाले स्थानीयहरु आजित बनेका हुन् ।

यतिसम्म की २०७२ सालको भूकम्पमा समेत नचर्केका स्थानीयको भवन सिभिलका २७ टनका गाडी गुड्दा चर्किएर भत्कने अवस्थामा पुगेका छन् । जसका कारण के दिन के रात स्थानियबासीमा त्रास फैलिएको छ । घटनाको वास्तविकता बुझ्न गएको हाम्रो टोलिसँग अधिकांश स्थानियबासीले क्रंक्रिट उद्योग सञ्चालनमा आएदेखि नै आराम सँग सुत्न नपाएको गुनासो पोखे ।

अर्कातिर सरकारी नक्सामा भएको गोरेटो बाटो समेत छेकेर आफ्नो घेराबार गरी निजि रुपमा प्रयोग गरेको छ सिभिलले ।

बर्षाैँदेखि यात्रुले प्रयोग गर्दै आएको सरकारी नक्सामा भएको बाटो सिभिल आरएमसीले घेराबार गरेपछि यात्रुहरु ५ मिनेटको बाटोलाई आधा घण्टा लगाएर जानुपर्ने बाध्यता छ ।

यतिमा मात्र सिभिलको बेइमानी सकिदैन । खोला साँघुरो पारेर सिभिलले आफ्नो स्वार्थ अनुरुप खोलाको भाग समेत अतिक्रमण गरेको खुलासो भएको छ । विस्तृत खुलासा भिडियो मार्फत….