हावा जॉच्ने मेसिनले काम गरेनन्, काठमाडौंको हावा दिनप्रतिदिन फोहोर बन्दै

title
बिहिबार, बैशाख १९, २०७६

सिर्जना मिश्र । काठमाडौं उपत्यमा प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ । सवारी साधनबाट उत्पन्न हुने धुँवा नै प्रदूषणको मुख्य कारण रहेको वातावरण विदहरु बताउँछन् । सबैभन्दा धेरै कामठाडौंको वायू प्रदूषण रहेको तथ्यांक सार्वजनिक गरिएपनि प्रदूषण मापन गर्ने प्रविधि र यन्त्रको अभावका कारण प्रदूषणको मात्रा कस्तो छ र यसले मानव स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने आँकलन भएको छैन ।

त्यसोत, गर्मी वढेसँगै काठमाडौंबासीले बाक्लो मास्क लगाएर हिँड्नपर्ने बाध्यता छ । काठमाडौं महानगरपालिकाले मास्कमुक्त काठमाडौं बनाउने घोषणा भएपनि यो बाध्यता हटेको छैन । प्रदूषणकै कारण सर्वसाधारण विभिन्न रोगको सिकार बन्न बाध्य भएका छन् ।

धुवाँ, धुलोले आक्रान्त बनाएको काठमाडौंको अवस्था कस्तो छ भनेर जाँच गर्न काठमाडौंका स्वयम्भु र टेकु, ललितपुरको एकान्तकुना र भक्तपुरमा प्रदूषण मापन गर्ने मेसिन राखिएका छन् । जापान तथा बेलायतबाट ल्याइएका यी उपकरणले सवारी साधनले उत्पादन गर्ने प्रदूषणको मापन गर्ने गरेको छ ।

राजधानीमा चल्ने ५० प्रतिशतभन्दा बढी सवारीको प्रदूषण फेल भएकाले यहाँको वातावरण अस्वस्थकर बन्दै गएको हो । प्रदूषण मापन गर्ने उपकरणले प्रभावकारी काम गर्न नसक्दा वातावरण कति प्रदूषित छ भन्ने यकिन छैन । जसको प्रत्यक्ष मार सर्वसाधारणमा पर्छ ।

सरकारले चारपांग्रे सवारी साधनको प्रदूषण मापन गरेपनि दुई पांग्रे सवारीको मापन गर्न सकेको छैन । विश्वको वातावरणीय अवस्था हेर्दा पनि नेपाली आकाशको वायुप्रदूषण बढ्दो छ । यो आम नेपालीका लागि दुःखको कुरा हो । वायु प्रदूषण रोक्न वातावरण सफा बनाउनुपर्छ ।

यसका लागि वायू प्रदूषण हुने क्रियाकलापलाई बन्द गर्नुपर्छ । अनि बढी कार्बन उत्पादन गर्ने सवारीसाधन तथा अन्य करकारखानालाई पनि नियमन गर्नुपर्छ । नत्र वायुप्रदूषणकै कारण धेरैको स्वास्थ्य जोखिममा पर्नेछ ।