हिन्दूराष्ट्र पुन: स्थापनाका लागि निर्णायक जनसंघर्ष’

title
आइतवार, साउन २७, २०७५

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि निर्णायक जनसंघर्ष सञ्चालन गर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा थापाले देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने मागसहित हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जागरण कार्यक्रम सुरु भएको जानकारी दिए ।

सातै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा पुगेर हिन्दूराष्ट्रको आवश्यकताका विषयमा जनतालाई जागरुक गराइने उनको भनाइ थियो । ७ फागुनमा हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि निर्णायक जनसंघर्ष सञ्चालन गर्ने उनले बताए ।

थापाले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । तर, पनि प्रमुख प्रतिपक्ष दलले सरकारविरुद्ध संसद् र सडक तताउने समय भइनसकेको उनको भनाइ थियो ।

देशमा सर्वसत्तावाद हावी हुँदै गएको, भ्रष्टाचार बढेसँगै सुशासन कायम हुन नसकेको, विदेशी हस्तक्षेप बढेको, राष्ट्रियता खस्कँदै गएको उनले आरोप लगाए । दुईतिहाइको सरकार भए पनि जनमतअनुसार वर्तमान सरकारले काम गर्न नसकेको उनको भनाइ थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।