हिम्मत भए सरकार ढाल्न काँग्रेसलाई प्रधानमन्त्री ओलीको चुनाैती

title
शनिबार, साउन १२, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासको कुरा गर्दा तानाशाहको आरोप लगाईएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

शनिबार ललितपुरमा प्रोग्रेसिभ ईन्जिनियरिङ्ग प्रोफेसनल्स एशोसियसन नेपाल र नेपाल राष्ट्रिय ईन्जिनियर संगठनको एकता घोषणा सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकार बिकासको बाटोमा तिव्र गतिमा अघि बढेकै कारण डराएर सरकारलाई तानाशाहको आरोप लगाईएको बताउनुभयो । सरकार जनताको हितका लागी कानुनसम्वद्ध ढंगले अघि बढेको भन्दै उहाले कसैको आरोपले सरकार नतर्सने स्पष्ट पार्नुभयो ।

प्रतिपक्षीले सरकार ढाल्ने धम्की दिएको भन्दै उहाले हिम्मत भए सरकार ढाल्न काग्रेसलाई चेतावनी दिनुभयो । त्यस्तै उहाले काग्रेसकै कारण डाक्टर गोविन्द केसी र सरकारबिचको वार्ता पटक पटक अबरुद्ध भएको दाबी पनि गर्नुभयो । सरकारले बोल्न पाउनुपर्ने अधिकारको सुनिश्चीत गरेको भन्दै उहाले सरकार प्रति भईरहेको आलोचनाको बचाउ गर्नुभयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल यसअघिको सरकारले निर्वाचन आचारसंहितावितरीत वर्तमान सरकारलाई अप्ठेरोमा पार्ने कार्य गरेको आरोप लगाउनुभयो । उहाले वर्तमान सरकार अधिनायकवाद नभई काग्रेसको सरकार अधिनायकवाद भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ , श्रममन्त्री गोकर्णबिष्ट लगाएतले मुलुकको निर्माणमा सकारात्मक सहभागीता जनाउन ईन्जिनियरहरुलाई आग्रह गर्नुभएको थियो ।