हुण्डी कारोबारी ६ जना पक्राउ, १ करोड १५ लाख नगद बरामद

title
आइतवार, असार २४, २०७५

आविद हुसेन/पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न एक सहित विभिन्न व्यक्तिहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर १२ रानीघाटमा अवैध हुण्डी कारोबार गरेको सूचनाका आधारमा रानीघाट निवासी राहुल केशरीलाई पक्राउ गरेको हो । केशरीको घरबाट १ करोड १५ लाख नगद बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । केसरीसँगै हुण्डी कारोबारमा संलग्न भएको आरोपमा अरु ५ जना व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले सिमावर्ती रक्सौल बाट वीरगंज प्रवेश गर्ने क्रममा प्रतिबन्धीत भारतिय रुपैयाँ सहित एक जना पक्राउ गरेको छ । नेपाल प्रवेश द्धार शंकराचार्य गेट नजिकै रहेको इनर्वा प्रहरी चौकीले ८ लाख १ हजार २ सय प्रतिबन्धीत रुपैया सहित एक भारत मोतिहारीका अभिजित कुमार सर्राफलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सर्राफलाई अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, पठाइएको प्रहरीले जनाएको छ ।