
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा दुर्घटना हुँदा सख्त घाइते भएका कार्कीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए ।