हेलिकोप्टर दुर्घटनाका मृतकको शव ल्याइयो

title
आइतवार, भदौ २४, २०७५

काठमाडाैं । नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटनाहुँदा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार बिहान नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको हो । पाइलटसहित सातजना रहेकोमा एकजनाको भने जिवितै उद्दार गरिएको हाे ।

ज्यान गुमाएका ६ जनाको शव आइतबार बिहान अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरबाट काठमाडाैं ल्याइएको हाे ।

हेलिकोप्टर दुर्घटनामा घाइते भएकी आनी डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८) रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।