हेलिकप्टर दुर्घटना अपडेट : सवार ७ जनाकै शव भेटियो

title
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारि सवार हेलिकप्टर दुर्घटनामा ७ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनास्थलमा सवार सवै ७ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

मन्त्रीसहित ७ जना उक्त हेलिकप्टरमा सवार थिए । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

मन्त्री अधिकारी सवार हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।