हेलिकोप्टर चार्टड गर्न प्रतिघण्टा भाडा कति ?

title
बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । हेलिकोप्टरमार्फत विदेशी पर्यटकको आकस्मिक उद्धार तथा चार्टड उडानको भाडादरमा एकरुपता कायम गरिएको छ । वायुसेवा सञ्चालक संघले प्रस्तुत गरेको भाडादरलाई सरकारले स्वीकृती प्रदान गरेसँगै अब नियमित हेलिकोप्टर उडिरहने क्षेत्रका लागि हुने भाडादर निश्चित भएको हो । यसअघि हेलिकोप्टर कम्पनी र चार्टड गर्ने पाटीबिचको आपसी समझदारीमा भाडा कायम हुने गरेको थियो ।, आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

अब भने काठमाडौंलाई आधार मानेर प्रतिघण्टा २ हजार डलर भाडा कायम गरिएको हो । सोहि अनुसार कम उडे कम र बढी उडे बढी भाडा लिन थालिएको संघले जानकारी दिएको छ । ‘यसअघि हेलिकोप्टर कम्पनीहरुले मनपरी भाडा लिने गरेको गुनासो सुनियो,’ संघका सचिव राजु न्यौपानेले भन्नुभयो, ‘अब भने जुन कम्पनीको हेलिकोप्टरमा गएपनि निश्चित भाडादर कामय गरिएको छ ।’