ह्यारी केन करिव ३ महिना मैदान बाहीर, यस्तो छ कारण

title
शुक्रबार, चैत्र २९, २०७५

ऐजेन्सी । च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनल खेलमा चोट लागेका कारण टोटेनहमका इन्ग्लिश फरवार्ड ह्यारी केन करिव ३ महिना मैदान बाहीर रहने सम्भावना रहेको छ । सिटीविरुद्धको पहिलो लेगको खेलमा केनको देब्रे खुट्टाको एङ्कलमा चोट लागेको थियो । उनको एङ्कलको लिगामेन्ट च्यातिएको बताईएको छ ।

सटीविरुद्धको खेल केनले गोल गर्दा टोटेनहमले एक शुन्यले जितेको थियो । टोटनहमले गरेको एक्सरेमा केनको चोट निकै जटिल देखिएको छ । त्यसैले केनले कम्तिमा ३ महिना मैदान बाहिर बस्नु पर्ने सम्भावना रहेको छ । चोटकै कारण केनले नेसन्स लिगको सेमिफाइनल खेल समेत गुमाउने सम्भावना बढेको छ । नेसन्स लिग अन्तर्गत इंग्ल्यान्डले आगामी जुनमा नेदरल्याण्डसंग खेल्दैछ ।