१० तस्वीरमा एसियाली खेलकुदको उद्घाटन

title
आइतवार, भदौ ३, २०७५

काठमाडौं । १८ औं एसियाली खेलकुद एसियाडको उद्घाटन इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ । झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको समूहले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए ।

एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना भएको उद्घाटन समारोहको रमाईलो क्षणपछि सहभागी ४५ देशका खेलाडीले मार्चपास गरेका थिए ।

मार्चपासमा नेपालका तर्फबाट दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेका थिए । मार्चपासमा नेपालका झण्डै सय जना उपस्थित थिए ।

एसियाली खेलकुदमा यसपटक नेपालबाट एक सय ८५ खेलाडी सहभागी छन् भने एक सयको हाराहारीमा पदाधिकारी पनि जकार्ता पुगेका छ ।