१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

title
बुधबार, अशोज १०, २०७५

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको पुष्टिसँगै छिमेकी पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार मृत भेटिएकी बालिका बिकका २७ वर्षीय छिमेकी कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् ।

पौडेलले अभियोग स्वीकार गरेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएका बेला एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।