१३ वर्षको उमेरमा हराएका मोक्तान भेटिंदा यस्तो देखिए

title
बुधबार, अशोज १७, २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी विभिन्न साइवर क्राइाका आपराधिक क्रियाकलामा बढेका समाचार सार्वजनिक भइरहेका बेला फेसबुकको माध्यमबाटै एक व्यक्ति बेपत्ता भएको ४३ बर्षपछि सम्पर्कमा आएका छन् ।

मकवानपुरको तत्कालीन भार्ता गाउँ विकास समिति वडा नम्बर ७ हालः कैलाश–८ दुब्लुङका धनबहादुर मुक्तान घरछाडी गएको ४३ वर्षपछि सम्पर्कमा आएका हुन् । लालबहादुरका माइला छोरा धनबहादुर १३ वर्षमै २०३२ सालमा घर छाडेर हिँडेका थिए ।

झण्डै ४३ वर्षदेखि बेखबर मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटी (एग्रिकल्चर इन्ष्टिच्युट) मा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएका हुन् ।

उनी परिवारसँग सम्पर्कमा आउन चाहेको र घर फर्कन चाहेको खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग सम्पर्क गराएका हुन् । फेसबुकले हराएको ४३ वर्षपछि मुक्तानलाई परिवारसँग जोडाइदिएको हो । उनी घर फर्कँदैछन् ।