१३ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

title
सोमवार, मंसिर १७, २०७५

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूरी काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन्।

आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। बलात्कारपछि फरार रहेका आलमलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो स्थानीइ एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा लगि ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ।

आलमलाई आइतबारै पर्वत जिल्ला अदालतबाट करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।