१५ हजार पदमा स्थायी जागिर खुल्दै

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन लागेको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीका अनुसार, आयोग विज्ञापन खुलाउने तयारीमा छ । सम्बन्धित निकायबाट रिक्त पदको संख्या आयोगमा उपलब्ध हुन बाँकी छ ।

प्रारम्भिक अनुमानमा निजामति सेवा तथा अन्य संगठित संस्थामा करिब १५ हजार दरबन्दी रिक्त छ । स्थानीय तह र प्रदेश सरकारका लागि आवश्यक कर्मचारीको दरबन्दी फरक हो । निजामति सेवा, संसद, लेखापरीक्षणलगायतका १० विधामा हरेक वर्ष ६ हजार पद रिक्त हुने गरेको छ भने नेपाली सेनामा नौ हजार पद सिर्जना हुने गरेको छ ।

गोरखापत्र दैनिकले नेपाल समृद्धिको बाटोमा भन्ने प्रधानमन्त्री केपी ओली र चीनका पर्यटन मन्त्रीको भेटको समाचार पनि प्रकाशन गरेको छ । यस्तै, सबै तहको पार्टी एकीकरण छिट्टै भन्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाइ, इपिजी प्रतिवेदन कार्यान्वयन, राष्ट्रिय परीक्षा बोर्डका समाचार पनि प्रकाशन गरेको छ ।