
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा झरेको छ । यो ०.८२ प्रतिशतको गिरावट हो । बिहीबार कारोबार रकम समेत घटेको छ । बिहीबार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । आज सबै उपसूचक घटेको छ ।
कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फण्ड र एभरेष्ट बैंकको मूल्य धेरैले बढेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट र आदर्श लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।