१७ वर्षकी किशोरीको शव फेवातालमा भेटियो

title
सोमवार, भदौ ११, २०७५

पोखरा । फेवातालमा एक किशोरीको शव भेटिएको छ । पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी १७ वर्षिय सुस्मिता लामिछानेले शव फेवा तालमा फेला परेको हो ।

उनी आइतबार रातिदेखि सम्पर्क बिहीन थिइन् । आइतबार बेलुका साढे ४ बजे घरबाट निस्केकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएको आफन्तको भनाई छ ।

छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरतअन्तिम फोन कल नविन गुरुङलाई गरेको देखिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ड्यामसाइड स्थित फेवाताल किनारमा झोला र मोबाइल भेटिएपछि प्रहरीले त्यसकै आधारमा सर्च अघि बढाएको थियो । उनको शव ड्यामसाइड स्थित फेवातालमा भेटिएको हो ।

राति १२ बजे ड्यामसाईडबाटै नजिकको एक जना साथी र दाजुलाई म्यासेज गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।