१८ औं वर्ल्ड र्‍याफ्टिङ : स्प्रीन्ट विधामा ब्राजिल पहिलो, नेपाल पाँचौ स्थान

title
बिहिबार, जेष्ठ २, २०७६

एजेन्सी ।अष्ट्रेलियामा जारी १८ औं वल्ड ¥याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपालल स्प्रीन्टमा पुरुष खुलातर्फ पाँचौ स्थान हात पारेको हो । यस विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ । क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७ दशमलव ७८ सेकेन्डमा पूरा गरेको थियो ।

सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मिया छन् ।