१८ किलो सुन सहित कञ्चनपुरमा दुईजना पक्राउ

title
बिहिबार, फाल्गुन २, २०७५

कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट १८ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुरको पुनर्बासबाट सुन बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्तीमा गाडेर राखिएको अवस्थामा सुन बरामद भएको हो ।

सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ लगिएको प्रहरीले जनाएको छ ।