१ सय ४० मेगावाट क्षमताको विद्युत् गृह आयोजनाको निर्माणकार्य सुरु

title
मङ्लबार, माघ २९, २०७५

नारायण खड्का/तनहँ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया सुरु भएको छ ।

चिनिया कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । कम्पनीले हाल कार्यालय स्थापना लगायतको काम अगाडि बढाएको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता भए बमोजिम काम शुरु गर्नका लागि कम्पनीका कामदार परिचालन गरिएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग करबाहेक तीन अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ ।

आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागि समेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ ।