२१ दिनभित्र कार्यक्षेत्र नजाने कर्मचारीलाई बिदाइ

title
बुधबार, पुस २५, २०७५

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारी खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाइ गरिने बताउनुभएको छ ।

मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले यस्तो कुरा बताउनुभएको हो । ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाइ गरिन्छ’ । पण्डितले भन्नुभयो ।

मन्त्री पण्डितले प्रशासन साइकलको ट्युवजस्तो लिरीलिरी गरेर नचल्ने भन्दै संघीयता कार्यान्वयनको जिम्मेवारीबाट सरकार नभाग्ने बताउनुभयो । ‘देशको जुनसुकै स्थानमा गएर काम गर्न तयार छु भनेर शपथ खाएका कर्मचारीले खटाइएको ठाउँमा जान्न भन्न नमिल्ने उहाँको भनाइ थियो । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।