जाजरकोटको नलगाड क्षेत्र अन्धकारमय

title
आइतवार, भदौ १०, २०७५

जाजरकोट । गत साउन २९ गते झुमरा खोलामा आएको बाढी पहिरोले बांध तथा नहरमा क्षेती पु¥याउंदा जाजरकोटको नलगाड नगरपालिका क्षेत्र अन्धकारमय बनेको छ ।

बाढीका कारण नलगाडका ६ वटा लघु जलविद्युत आयोजना एक साथ बन्द हुंदा विद्युत आपूर्ति बन्द भएको हो ।

विद्युत् उत्पादनका लागि पानी ल्याएको बांध तथा नहर बाढी पहिरोले भत्काउंदा जाजरकोटस्थित नलगाडका नगरपालिका २, ३, ४ र ५ नम्बर वडाका ४ हजार घरधुरी विद्युतविहिन भएका छन ।

जलविद्युत् आयोजना बन्द भएपछि नगरले अगाडि सारेको नगर उज्यालो कार्यक्रम समेत प्रभावित भएको छ ।

बाढीले ४५ किलोवाटको बागमारे लघु जलविद्युत आयोजनाको ३ सय मिटर लामो पक्की नहर तथा बांध क्षतिग्रस्त बनाएको छ ।

यस्तै बाढीले नलगाड वडानम्बर २ मा रहेको १५ किलोवाटको झुमराखोला लघु जलविद्युत आयोजना छेप्काको २ सय मिटर लामो नहर तथा बांध स्थल पनि बगाएको छ ।

आयोजना बन्द भएपछि ३ सय ७५ घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन ।

बाढीका कारण ८ किलोवाट क्षमताको सिलपलाउन लघु जलविद्युत आयोजनाको कुलो तथा पावर हाउस पनि बगाएको छ ।

सिलपलाउन लघु जलविद्युत आयोजना बन्द हुदा १ सय घर परिवार प्रभावित बनेका छन ।

गाउंका भएभरका सबै जलविद्युत आयोजनालाई बाढि पहिरोले क्षति पु¥याएपछि नलगाड गाउंका बासिन्दा अन्धकारमा बस्न त बाध्य भएकै छन जलविद्युत आयोजनाहरु कसरी पुनःसंचालन गर्ने भन्नेमा जनप्रतिनिधीहरु चिन्तित बनेका छन ।