२ सय ३२ किलोमिटर यात्रा गर्न ३ दिन !

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि जुम्लासम्मको सडक दूरी २ सय ३२ किलोमिटर छ । जहाँ यात्रा गर्न अहिले ३ दिनको समय लाग्छ ।
सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट जुम्ला पुग्न अचेल कम्तीमा ३ दिन लाग्ने गरेको छ।
‘नाग्म कालीकोट–जुम्ला सिमाना सम्म चारवटा गाडी परिवर्तन गर्दै तीन दिन लाग्छ । वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ।
राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ।