२ सय ९७औं पृथ्वी जयन्ति: राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

title
शुक्रबार, पुस २७, २०७५

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले २ सय ९७औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो ।

समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।