२ हजार लिटर घरेलु मदिरा नष्ट

title
आइतवार, साउन १३, २०७५

आश गरुङ/लमजुङ । लमजुङमा प्रहरीले २ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

लमजुङ सदरमुकाम बेसीशहरको विभिन्न होटल तथा पसलहरुमा अवैध रुपमा बेच्न राखिएका घरेलु मदिरा प्रहरी टोलीले जफत गरी नष्ट गरेको हो । बेसीशहर नगरपालिका वडा नंं. ७ र ८ का विभिन्न होटल तथा पसलहरुमा छड्ने निरिक्षण गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा भेटिएको थियो ।

अवैध घरेलु मदिराको निरिक्षणका क्रममा करिब १८ सय लिटर कच्चा पदार्थ भेटिएको थियो भने, २ सय १० लिटर भन्दा बढी तयारी अवस्थाको घरेलु मदिरा भेटिएको प्रहरीले जनाएको छ ।