जोडिनुहोस
बिहिबार, फाल्गुन २९, २०८१
बिहिबार, फाल्गुन २९, २०८१
  • होमपेज
  • ३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल

३० लाख बढी सेवाग्राही भएको टुजी र थ्रीजी सेवा बन्द गर्दै एनसेल

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसलले टुजी र थ्रीजी सेवा बन्द गर्ने जनाएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक जाब्बोर कायुमोभले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘रिभाइटलाइजिङ दी टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो विचार राख्दै सो एनसेल टुजी र थ्रीजी सेवा बन्द गर्ने योजनामा रहेको बताएका हुन् ।

उनले सन् २०२५ भित्र थ्रीजी र सन् २०२७ भित्र टुजी सेवा बन्द गर्ने तयारीमा एनसेल रहेको बताए । ‘हामीले २०२५ थ्रीजी र २०२७ मा टुजी बन्द गर्ने योजना बनाएका छौं, तर ३३ लाख टुजी ह्यान्डसेट चलिरहेका छन्, नयाँ भोल्ट सर्पोट नभएका ह्यान्डसेटको आयात रोक्न नियामकीय सहयोग आवश्यक छ’, उनले भने । उनले अन्य धेरै देशले सो विषयलाई लागू गरिसकेको समेत बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका