३ दिनको मौसम : हावाहुरीसहितको पानी पर्न सक्ने

title
मङ्लबार, जेष्ठ ७, २०७६

काठमाडौं- उपत्यकाका तीन जिल्लासहित देशभरको मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले ३ दिनको मौसमको पूर्वानुमान गर्दै केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागको अनुमान अनुसार अहिले काठमाडौंको आकाश अँध्यारो भएको छ । यस्तो छ विभागको ३ दिने अनुमान:

जेष्ठ ०७ गते (मङ्गलबार):

दिउँसो:देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशको पुर्बी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०८ गते (बुधबार):

दिउँसो:देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०९ गते (बिहिबार ):

दिउँसो:देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ।