४७ वर्षपछि हवाई सम्झौता हुँदै

title
मङ्लबार, कार्तिक ६, २०७५

काठमाडौं । नेपाल र थाइल्याण्ड विच ४७ वर्षपछि हवाई सेवा सम्झौता हुने भएको छ । दुई देशबिच सन २०७१ मा हजाई सम्झौता भएयता पुनरावलोकन हुन सकेको थिएन ।

कात्र्तिक १५ र १६ गते बैंककमा हुने बैठकमा २ देशबिच पुरानो सम्झौतालाई विस्थापन गर्दै नयाँ हवाई सम्झौता हुन लागेको हो । विगतमा भएको सम्झौता अनुसार सातामा १० ओटा मात्र उडान गर्न पाउने दुईपक्षीय सम्झौता भएको थियो ।

पुरानो सम्झौता भएकाले नयां विषयहरुपनि थप गर्नुपर्ने भएको लामो प्रयासपछि नयाँ सम्झौतामा पुग्न लागेको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले बताउनुभयो ।